दसौँ राष्ट्रिय खेलकुद: त्रिभुवन आर्मीको विजयी सुरुवात


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १६:१७ मा प्रकाशित

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा एक गोल गरेको आर्मीले दोस्रो हाफमा थप एक गोल गरेको थियो । आर्मीका भरत खवासले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि लाकेन लिम्बूले ५२औँ मिनेटमा दोस्रो गोल गर्नुभयो ।
खेलको ६४औँ मिनेटमा लुम्बिनी प्रदेशका विकास लिम्बूले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि आर्मीले ३–० को अग्रता बनाएको थियो ।
प्रतिस्पर्धात्मक खेलका क्रममा लुम्बिनी प्रदेशका फागुराम थारूले पहेँलो कार्ड पाउनुभएको म्याच अफिसियल वीरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत बुधबारको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशबिच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुँदै छ ।

छुटाउनुभयो कि ?