बैतडी अदालतको निवासमा प्रहरी जवान मृत फेला


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १६:२० मा प्रकाशित

धनगढी । बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको गाउँपालिका–४ का घर भएका भूपेन्द्र राम पार्की मंगलबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक रायले अदालतभित्र ब्यारेकमा कार्यरत रहेका पार्की आफ्नै सुत्ने निवासमा मृत भेटिएको बताए । उनकाअनुसार उनी भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका हुन् ।
उनको शव परीक्षणपछि बुधबार आफन्तले बुझेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

छुटाउनुभयो कि ?