होटलमा आगलागी हुँदा ४३ लाख बरावरको क्षति


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १६:०१ मा प्रकाशित

मकवानपुरको हेटौडा उपमहानगरपालिका –५ मा रहेको एक होटलमा आगलागी हुँदा ४३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार हेटौडा –५ पिप्लेचोक नजिकै रहेको द डोर होटलमा आगलागी भएको हो । म‌ंगलबार मध्यरात १२ः२० बजे आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीयवासी, प्रहरी र दमकको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी हुनुको एकिन कारण नखुलेको प्रहरीले जनाएको छ । विजुलीको तार सर्ट भइ आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगो निभाउने क्रममा होटेल सञ्चालक हेटौंडा –५ बस्ने २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी ३५ वर्षीय नवीन नेपालको हातमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार गरेको प्रहरीले जनाएको छ। आगलागीबाट होटलको भान्साकोठा र हलमा भएको सम्पूर्ण सामान जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?