तेडी बाँधमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ३० बैशाख २०८१, १८:०२ मा प्रकाशित

धनगढी, ३० वैशाख/कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको गाउँपालिका–८, लोहरपुरस्थित तेडी बाँधमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।
गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । भने साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
दुवै बालबालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

छुटाउनुभयो कि ?