मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम अध्यक्षमा सापकोटा


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ३० बैशाख २०८१, १८:०६ मा प्रकाशित

धनगढी, ३० वैशाख/नेपाल मोबाइल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरेश सापकोटा चयन भएका छन् ।
धनगढीमा सम्पन्न भेलाले सापकोटाको अध्यक्षमा १४ सदस्यीय तदर्थ प्रदेश समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा गंगाप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा सुरेश पाठक, महासचिवमा सुरेश बम, सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा हिमाल लम्साल चयन भएका छन् । सदस्यमा धर्मराज जोशी, गणेश बोगटी, ठानसिंह महत, उमेश चौधरी, चन्द्रसिंह धामी, सन्तोष बोहरा, नवीन भट्ट, उमेश वन, दिपक जाग्री, सन्तोष भट्ट, कमल बुढा, सन्तोष जोशी र संगम रावल चयन भएका छन् ।
‘सामाजिक पहिचान सहितको व्यावसायिक सुरक्षा’ भन्ने नाराका साथ धनगढीमा सम्पन्न भेलाको प्रमुख अतिथी नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई रहेका थिए ।
यस्तै, सन्तोष मण्डल धानुकको अध्यक्षतामा १५ सदस्यीय कैलाली जिल्ला कमिटी समेत गठन गरिएको छ ।

छुटाउनुभयो कि ?