धनगढी, ३० वैशाख/धनगढीमा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रयाक्टरमा सवार धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २१ वर्षीय समीर रानाको मृत्यु भएको हो ।
ट्रयाक्टरको पछाडिको टायर पड्किएर धनगढी उपमहानगरपालिका–१५, कनरीमा से १ त ९७५४ नम्बरको ट्रयाक्टर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते रानाको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । ट्रयाक्टर र चालक घोडाघोडी नगरपालिका वडा नम्बर १० का २२ वर्षीय अविशेक चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।












