धनगढी, ३० वैशाख/वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड बन्दीखानमा रहेका छन् । उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । ओड ईलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।

जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
नेपाल आइडल सिजन–२ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । सोही दिन कञ्चनपुर जिल्ला अदालतले ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।












