प्रतिक्षा जैशी
धनगढी, २९ वैशाख
प्रहरीले धनगढीबाट एक लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–४, बसपार्क र वडा नम्बर ९ त्रिवेणी घाट क्षेत्रबाट एक लाख २८ हजार ८०० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले सो क्षेत्रबाट भन्सार छलीको सुटपिस, कुर्ती, सुरवाल, ट्राउजर लगायतका सामाग्री बरामद गरेको हो ।
यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ११ चौकीसत्ता र बेलौरी नगरपालिका वडा नम्बर १ फटैयाबाट भन्सार छलीको ९६ हजार ८७५ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्तीले चिनी, मिश्री, दाल, मटर, ब्रोइलर कुखुरा लगायतका सामाग्री बरामद गरेको हो ।












