लोकमार्गको डोटी खण्डमा रुख कटान गर्न स्वीकृत


हेल्लो सुदुर हेल्लो सुदुर शनिबार, २९ बैशाख २०८१, ११:१९ मा प्रकाशित

प्रतिक्षा जैशी
धनगढी, २९ वैशाख
सेती लोकमार्गको डोटी खण्डमा पर्ने वनका रुख कटान गर्न स्वीकृति दिइएको छ ।
शुक्रवार बसेकोे मन्त्रीपरिषद् वैठकले वन मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्दै डोटी खण्डमा पर्ने वनका रुख कटान गर्न स्वीकृत गरेको हो ।
मन्त्रीपरिषद् बैठक द्वारा वातावरणीय समस्या समाधान गरी डोटी क्षेत्रमा पर्ने वनका रुख कटान गर्न र सडक निर्माण कार्य अगाडी बढाउने निर्णय गरहेको हो ।
मन्त्रीपरिषदको निर्णयसंगै सेती लोकमार्गको डोटी खण्डको ४० किलोमिटर निर्माण कार्य अगाडि बढ्ने बाटो खुलेको छ ।
रूख कटान आदेश नपाउँदा यो सडक खण्डको काम अगाडि बढ्न सकेको थिएन । डोटीको सिमाना पर्ने लोडेघाटसम्म ४० किलोमिटर सडकको ट्रयाक खोल्न गत वर्ष मंसिरमा सम्झौता भएको थियो । करिब ६५ करोडको लागतमा सपना–जयमा–स्वर्गद्वारी जेभीले सो खण्डको ट्रयाक खोल्ने ठेक्का पाएको छ ।

छुटाउनुभयो कि ?