बर्दियाको बढैयाताल गाउँपालिकाबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–५ का २२ वर्षीय भूपेन्द्रकुमार थारू र २५ वर्षीय प्रविनकुमार थारू रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज, बाँके र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार भूपेन्द्रकुमारको साथबाट १४ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर र एक थान मोबाइल बरामद गरिएको छ । त्यस्तै, प्रविनकुमारको साथबाट दुई ग्राम १०० मिलिग्राम ब्राउनसुगर, एक थान किप्याड मोबाइल र एक थान एन्ड्रोइड मोबाइल बरामदकोजिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले बताउनुभयो ।











