लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १४:२३ मा प्रकाशित

लागूऔषध मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आलिताल गाउँपालिका–२ घर भई हाल अमरगढी नगरपालिका–४ खलङ्गामा बस्दै आउनुभएका ४२ वर्षीय रामबहादुर पुन रहनुभएको छ ।
जिल्ला अदालत डडेलधुराको फैसलाले पुनलाई लागूऔषध मुद्दामा छ महिना तीन दिन कैद र ११ हजार रुपियाँ जरिवानाको सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले उहाँलाई बुधबार दिउँसो अमरगढी नगरपालिका–३ स्थित आइत बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?