धितोमा राखेको जग्गा ऋणदाताले बिक्री गरेको आरोप

हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १६:२३ मा प्रकाशित

धनुषाको छिरेश्वरनाथ नगरपालिका–६, महेन्द्रनगरका सुरेन्द्रकुमार यादवले धितोमा राखेको जग्गा आफ्नो जानकारी र सहमतिबिना ऋणदाताले अन्य व्यक्तिलाई बिक्री गरेको आरोप लगाउँदै निष्पक्ष न्यायको माग गर्नुभएको छ । उहाँले एक करोड रुपियाँ ऋण लिँदा धितोमा राखिएको तीन करोड रुपियाँभन्दा बढी मूल्यको जग्गा जनकपुरधाम उपमहानगरपालिका–४ निवासी शिवशङ्कर साहले आफ्नो सहमतिबिना अन्य व्यक्तिलाई बिक्री गरेको आरोप लगाउनुभयो ।
बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै यादवले आफूले २०७४ सालमा जग्गा खरिद गर्ने प्रयोजनका लागि साहसँग एक करोड रुपियाँ लिएको बताउनुभयो । सुरुमा एउटा जग्गा पास गरेर रकम लिएको र त्यसपछि साहले लेनदेनसम्बन्धी मुद्दा दायर गरेको उहाँको भनाइ छ । मुद्दा मिलापत्र गर्ने क्रममा बाँकी रकमको सुरक्षाका लागि साहले अर्को जग्गासमेत माग गरेपछि आफूले महेन्द्रनगरस्थित राजमार्गसँग जोडिएको जग्गा धितोस्वरूप पास गरिदिएको यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार साँवा तथा ब्याज र अन्य रकमसमेत गरी करिब दुई करोड रुपियाँ भुक्तानी गरेपछि एउटा जग्गा फिर्ता भए पनि महेन्द्रनगरस्थित अर्को जग्गा भने फिर्ता भएको छैन । उक्त जग्गा आफ्नो जानकारीबिना अन्य व्यक्तिलाई बिक्री गरिएको उहाँले आरोप लगाउनुभयो । उहाँले जग्गा फिर्ताका लागि पटकपटक आग्रह गर्दा पनि साहले विभिन्न बहाना बनाएर आलटाल गरेको बताउनुभयो । केही महिनाअघि छलफलका क्रममा जग्गा फिर्ता गर्न साह तयार भए पनि पछि फिर्ता नगर्ने बताउँदै आफूलाई धम्कीसमेत दिएको उहाँको आरोप छ ।
आफूसँग कारोबारसम्बन्धी लिखित कागजात, हिसाबकिताब तथा अन्य प्रमाण सुरक्षित रहेको दाबी गर्दै उहाँले ती प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गर्न माग गर्नुभयो । आफूलाई धम्की दिने व्यक्तिहरूमाथि समेत आवश्यक अनुसन्धान गर्न उहाँले प्रहरी प्रशासनसँग आग्रह गर्नुभयो ।
यादवले यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएको बताउनुभयो । जाहेरीका आधारमा प्रहरीले साहलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । यस्तै लेनदेनका विषयमा जिल्ला अदालत धनुषामा साहका नाममा ३५ वटा मुद्दा दर्ता रहेको विवरणसमेत आफूले पाएको यादवले पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँले घटनाको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गर्दै अनुसन्धान तथा न्यायिक प्रक्रियालाई प्रभावित पार्ने प्रयास हुन नदिन र कानुनबमोजिम कारबाही अघि बढाउन नेपाल सरकार तथा प्रहरी प्रशासनको माग गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालले जाहेरीका आधारमा प्रहरीले मङ्सिर ६ गते नै साहलाई पक्राउ गरेको बताउनुभयो । उहाँले जिल्ला अदालत धनुषाबाट म्याद थप गरी यससम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?