डिग्रे मेलामा दर्शनार्थीको घुइँचो


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १२:२६ मा प्रकाशित

रुकुमपश्चिमको प्रसिद्ध डिग्रे मेलाको प्रमुख दिन आज मंगलबार मुसिकोट ५ स्थित डिग्रे शाइकुमारी मन्दिर परिसरमा भव्य मेला लागेको छ। मेलामा हजारौ दर्शनार्थीको भिड रहेको छ ।
हरिवोधनी एकादशीदेखि सुरु भएको यो मेला कार्तिक पूर्णिमासम्म लाग्ने गर्दछ । मेलामा मयूर, सिँगारु, पैसेरु लगायतका बिभिन्न नाचहरुका साथै सगाल नाच समेत प्रस्तुत हुने गर्दछ। मेलाको अवसरमा एकादशीदेखि पूर्णिमासम्म डिग्रे मन्दिरमा विशेष पूजाआजा तथा बलि चढाइन्छ ।
एकादशी र पूर्णिमा दिनमा भने बलि बाहेक पूजाआजा मात्र हुन्छ। यो मन्दिरमा पूजाआजा, दर्शन र बलि दिनाले मनोकांक्षा पूरा हुने जनविश्वास छ।

छुटाउनुभयो कि ?