फिदिममा आँखा शिविर : ५०७ को परीक्षण


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १० मंसिर २०८३, १२:२१ मा प्रकाशित

फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा फिदिममा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा पहिलो दिन ५०७ जनाले सेवा लिएका छन् ।
मोतियाबिन्दुसहित आँखासम्बन्धी विभिन्न समस्या भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी मंसिर ८ गतेदेखि सुरु भएको शिविर १० गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
शिविरको पहिलो दिन ४० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । १६१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । परीक्षणको क्रममा आवश्यक देखिएका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
आँखाको ज्योति गुम्ने जोखिममा रहेका नागरिकलाई समयमै उपचार सेवा उपलब्ध गराई उनीहरूको जीवनमा पुनः उज्यालो ल्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।
नागरिकको स्वास्थ्य सुरक्षासँगै सहज र सुलभ उपचार सेवामा पहुँच पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । शिविरबाट आँखासम्बन्धी समस्या भएका धेरै नागरिक लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

छुटाउनुभयो कि ?