कैलालीमा दुई जना मृत अवस्थामा फेला


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १७ जेष्ठ २०८१, १८:४४ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १७ जेठ
बिहीबार कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–४, हनुमान मन्दिर नजिक बैतडीको दशरथचन्द नगरपालिका–६, ग्वालेकका अन्दाजी ५५ वर्षीय कर्णबहादुर धामी र धनगढी उपमहानगरपालिका–३, बडारास्थित नर्सरीको जंगलमा वडा नम्बर ३ चटकपुर बस्ने ३२ वर्षीय संजय राना मृत फेला परेको प्रहरीले जनाएको छ ।
जेठ १२ गते घरबाट हराई बेपत्ता भई खोज तलास गर्दा राना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

 

छुटाउनुभयो कि ?