कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १७ जेष्ठ २०८१, १८:०८ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १७ जेठ
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका कैलालीको कैलारी गाउँपालिका–७, रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो ।
प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए ।
उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए ।
मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ । उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ ।
आज धनगढीमा हालसम्मकै उच्च तापमान मापन गरिएको छ ।

 

छुटाउनुभयो कि ?