हेल्लो संवाददाता
धनगढी, १६ जेठ
बैतडीको मेलौली नगरपालिकाबाट शैक्षीक भ्रमणको लागि गएको बस बर्दियामा दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनाको नेपालगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मणिलेक नमुना माविबाट शैक्षिक भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधवार बिहान ५ः४५ बजेतिर दुर्घटनामा परेको हो । बर्दियाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख तुल्सीराम अर्यालले बताए ।
सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बसमा ४२ जना सवार रहेको थिए।












