प्यारा ताल अभियानमा सहयोग जुट्दै, प्रदेशसभा सदस्य बिष्टद्वारा कमलको फूल बनाउने घोषणा


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १६ जेष्ठ २०८१, १४:४० मा प्रकाशित

प्रतीक्षा जैशी
पुनर्वास, १६ जेठ/
सरकारको वेवास्थाका कारण ओझेलमा पर्दै गएको प्यारा तालको पर्यटन विकासका लागि यतिबेला धेरैको सहयोग जुट्दै आएको छ ।
उक्त अभियानलाई सार्थक बनाउन संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका बिधायन समितिका सभापति दिवान सिंह बिष्टले ताल परिसरमा कमलको फूलको प्रतिमा आफ्नो ब्यक्तिगत लगानीमा निर्माण गरिदिने घोषणा गरेका छन् ।
माछाको प्रतिमालाई प्रतिस्थापन कार्यक्रमका अबसरमा प्रदेशसभा सदस्य बिष्टले तालको जैविक पहिचानका रुपमा रहेको कमलको फूलको प्रतिमा निर्माण गरिदिने घोषणा गरेका हुन् ।
जैविक हिसाबले सुदूरपश्चिमकै उत्कृष्ट सदावहार जलाशय प्यारा तालको पर्यटन बिकासका लागि जनस्तर देखि सुरु भएको अभियानलाई सार्थक र सफल बनाउन तालको पहिचानलाई उजागर गर्दै पर्यटन बिकासमा टेवा पुगोस् भनेर ताल परिसरमा कमलको फूलको प्रतिमा आफ्नोे ब्यक्तिगत लगानीमा निर्माण गरिदिने प्रदेशसभा सदस्य बिष्टले बताए ।
प्यारा तालको पर्यटन विकासका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट बिनियोजन गराउन समेत आफुले सक्दो सहयोग गर्ने प्रदेशसभा सदस्य बिष्टले बताए ।
विश्वमै दुर्लभ मानिएका जलचर प्राणीहरुको वासस्थान रहँदै आएको प्यारा तालको जैविक पहिचानलाई उजागर गर्न गत असार २६ देखि नागरिक स्तरबाट अभियानको थालनी भएको थियो । नागरिकहरुको स्वःस्फुर्त सहयोगले हालसम्म ताल परिसरमा सेल्फी स्पट, कछुवा, ओद, माछाको प्रतिमा र वाटर फाउन्टेनको जग निर्माणको कार्य सम्पन्न गरिएको छ ।
त्यस्तै ताल परिसरमा पर्यटकहरुको आकर्षण बढाउन गोही, मयुर, सिम कुखुराको प्रतिमा निर्माणाधीन रहेका छन् । त्यसै गरी जरायो र पाटे बाघको प्रतिमा निर्माण गर्ने तयारी सुरु गरिएको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्रकुमार बस्नेतले बताए ।

छुटाउनुभयो कि ?