हेल्लो संवाददाता
कञ्चनपुर, १४ जेठ
कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका–२ कटानस्थित आफ्नै घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लागेपछि ५५ वर्षीया द्रोपती चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।












