जमुना न्युरे
धनगढी, १४ जेठ
चिसापानी पर्यटन सूचना केन्द्र भवन निर्माण तथा शौचालय उपभोक्ता समितिका अध्यक्ष तपेन्द्र शाहीलाई सात दिन भित्र रायसहित विवरण पठाउन पत्र काटिएको छ ।
प्रदेश पर्यटन इकाई कार्यान्वयन कार्यक्रम धनगढीले चिसापानी पर्यटन सूचना केन्द्र भवन निर्माण तथा शौचालय उपभोक्ता समितिका अध्यक्ष तपेन्द्र शाहीलाई सात दिन भित्र रायसहित विवरण पठाउन पत्र काटेको हो ।
‘पर्यटन सूचना केन्द्रको भवन चर्चको रुपमा प्रयोग भएको भन्ने बुझिन आएकोछ’ प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमिक्त इकाई प्रमुख डवलबहादुर बोहराले काटेको पत्रमा लेखिएको छ, ‘पर्यटन सूचना केन्द्रको भवन के कुन कानूनी प्रक्रिया अवलम्वन गरी चर्चको रुपमा प्रयोग भएको हो ? यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र खुलाई पेश गर्नुहुन अनुरोध छ ।’
पत्रमा भनिएको छ ‘पर्यटन इकाईको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको पर्यटन क्षेत्रको चिसापानी पर्यटन सूचना केन्द्र भवन निर्माण तथा शौचालय निर्माण गर्ने प्रयोजनका लागि २०७९ माघ ४ गते लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्षको अध्यक्षतामा बैठक बसी कर्णाली सामुदायिक भवनमा चिसापानी सूचना केन्द्र भवन तथा शौचालय निर्माण गर्ने गरी उपभोक्ता समिति गठन गरी इकाईको स्वीकृत बजेट दश लाख रुपैयाँ लागत इष्टिमेट बमोजिम कार्य सम्पन्न भएको व्यहोरा अवगतै होला ।’
पत्रमा भनिएको छ, ‘हाल चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढी कैलालीको कर्मचारीहरुको संयुक्त टोलीले अनुगमन गर्दा पर्यटन सूचना केन्द्रको भवन चर्चको रुपमा प्रयोग भएको भन्ने बुझिन आएकोले उक्त पर्यटन सूचना केन्द्रको भवन के कुन कानुनी प्रक्रिया अवलम्बन गरी चर्चको रुपमा प्रयोग भएको हो ?’ पत्रमा भनिएको छ ।’
चिसापानी पर्यटन सूचना केन्द्रको भवनको प्रदेश पर्यटन विकास कार्यकम कार्यान्वयन इकाई धनगढीले पर्यटन सूचना केन्द्रको भवन निर्माणका लागि १० लाख रुपैयाँ बिनियोजित गरिएको थियो ।
बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।
यस विषयमा हेल्लो पुनर्वास दैनिक, हेल्लो सुदूर डट कममा समाचार प्रकाशित भएको थियो ।
निर्माण समितिले पर्यटन इकाइको मापदण्ड अनुसार घर निमार्ण गरेको भन्दै १० लाख भुक्तानी समेत लिइसकेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन ईकाइ कार्यन्वयन कार्यक्रम धनगढीका निमित प्रमुख डबलबहादुर बोहराले शुक्रबार स्थलगत अनुगमन गर्न चिसापानी पुग्दा पर्यटन प्रबद्र्धन तथा सूचना केन्द्रको भवन नभई चर्चको भवन बनेको देखेको बताए । ‘प्रदेशका ( वटै जिल्ला हेर्नुपर्ने हुन्छ । अन्य जिल्लाको अनुगमनमा व्यस्त हुँदा चिसापानी पुग्न सकिएन’ निमिक्त प्रमुख डबलबहादुर बोहराले भने, ‘शुक्रबार अनुगमनका क्रममा पुग्दा त्यस्तो भेटिएको हो ।
भवन निर्माणका लागि स्थानीय भिमबहादुर दर्लामीको सयोजकत्वामा उपभोक्ता समिती निर्माण गरिएको थियो ।
बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।
निर्माण समितिका अध्यक्ष भिमबहादुर दर्लामीले सूचना केन्द्र निर्माणका लागि पर्यटन इकाईको रकम अपुग भएकाले स्थानीयले आर्थिक संकलन गरेर चर्च बनाएको बताएका थिए । अध्यक्ष दर्लामीले चर्च पनि सामुदायिक भवन भएको जिकिर गरे ।
जिल्लाकै पर्यटकिय स्थानको रुपमा रहेको चिसापानीमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । कर्णाली नदीमा रहेको कर्णाली पुल, कर्णाली नदीको तिरमा रहेको जिपलाईनका साथै नदीमा ¥याफ्टिङ्गका लागि पर्यटकहरु पुग्ने गर्दछन् ।
यहाँ आउने पर्यटकहरु वन्यजन्तु हेर्न, अनुसन्धान गर्न त कोही कर्णाली नदीमा ¥याफ्टिङ्ग गर्न, पुल हेर्न आउने पर्यटकहरुलाई कर्णाली नदीसम्म पुगेका पर्यटकहरुले अन्य पर्यटकीय स्थलसम्म पुग्न सहज होस् भनेर कर्णाली पर्यटन तथा सूचना केन्द्र चिसापानीमा स्थापना गर्न सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रम धनगढीले वजेट बिनियोज गरेको थियो ।












