खोला तर्ने क्रममा बेपत्ता दुई जना मृत फेला


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, १४ जेष्ठ २०८१, १८:२९ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १४ जेठ
दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जना मृत फेला परेका छन् । जिल्लाको मार्मा गाउँपालिका–५, मुरैस्थित गन्याड खोला तर्ने क्रममा बेपत्ता भएका दुबै जनाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
खोला तर्दै गर्दा भेल आएपछि २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विकलाई खोलाले बताएको थियो । हिजो साँझ करिब ६ बजे प्रहरीलाई उनीहरु बगेर बेपत्ता भएको सूचना प्राप्त भएको र रातभरि खोजी गर्दा आज बिहान करिब शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।।
बेपत्ता भएर मृत फेला परेका दुवै जना नातामा काकी भतिज पर्छन । उनीहरूलाई खोज्दै जाँदा आज दुई सय मिटर तल बासखोलामा मृत फेला परेका थिए ।

छुटाउनुभयो कि ?