खैरो हेरोईनसहित बेलौरीबाट दुईजना पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, १४ जेष्ठ २०८१, १६:०३ मा प्रकाशित

प्रतिक्षा जैशी
बेलौरी, १४ जेठ ।
खैरो हेरोईनसहित बेलौरीबाट दुईजना पक्राउ परेका छन् ।
आईतबार दिउँसो ३ बजे कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट दुईजना पक्राउ परेका हुन् ।
शंका लागि चेकजाँच गर्दा कैलालीको धनगढी उपमहानगरपालिका–७ का २८ वर्षीय प्रेम ठकुल्ला र सोही ठाउँका २५ वर्षीय किरण बोहरालाई ०।३२ ग्राम खैरो हेरोईन र एक थान मोटरसाईकल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेका छ ।

छुटाउनुभयो कि ?