ग्रासरुट क्रिकेट विकास कार्यक्रमबाट दुई टिम बिपिएस किड्स कपमा सहभागी


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, १४ जेष्ठ २०८१, १५:४१ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १४ जेठ ।
सुदूरपश्चिमको राजधानी धनगढीमा गो ड्रिमर्सद्धारा जारी ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तरगतका दुई टिम बिपिएस किड्स कपमा सहभागी भएका छन् । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको कक्षा ६ मुनिका विद्यार्थीहरूको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता बिपिएस किड्स कप २०८१ मा ग्रासरुट क्रिकेट विकास कार्यक्रमका दुई टिमले खेलेका हुन् ।
२०८० माघ ६ गते धनगढी उप(महानगरपालिका सँगको साझेदारीमा गो ड्रिमर्सले उप(महानगरपालिकाका दुई विद्यालयमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
जस अन्तरगत धनगढी वडा नम्बर १२ स्थित जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयमा ज्ञानेन्द्र क्षेत्री र धनगढी वडा नम्बर १८ फूलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा देवनारायण झा लाई प्रशिक्षक नियुक्त गरी लेभल वान प्रशिक्षण गरिँदै आएको थियो ।
यही जेठ ७ गते सोमबारबाट धनगढीको डिसीए मैदानमा सुरु भएको बिपिएस किड्स कप २०८१ मा आयोजक धनगढी क्रिकेट एकेडेमीको निमन्त्रणामा प्रेम बहादुर शाही प्रधानाध्यापक रहेको सिद्धनाथ माध्यमिक विद्यालयबाट प्रशिक्षक क्षेत्री र म्यानेजर दिनेश रोकायाको नेतृत्वमा कक्षा ६ मुनिका क्रिकेट खेलाडीहरू क्रमशः हेमन्त बोहरा ९कक्षा ५०, सृष्टि सिंह ९कक्षा ५०, जगल सिंह ९कक्षा ३०, कविता रोकाया ९कक्षा ६०, सन्तोष सुनार ९कक्षा ४०, आयुष आगरी ९कक्षा ४०, रमीत मल्ल ९कक्षा ६०, कुशल शाही ९कक्षा ६०, अनुप सिंह ९कक्षा ६०, सन्दीप बि।के ९कक्षा ५०, अधिराज विष्ट ९कक्षा ५०, विकास रोकाया ९कक्षा ५०, सुमन गिरी ९कक्षा ५० र महेश रोकाया ९कक्षा ५० सहभागी भएका थिए । भने उनीहरूले खेलेका ३ खेल मध्ये २ खेलमा जित हासिल गर्न सफल भएका थिए ।
यस्तै, सुभचन्द्र सुवेदी प्रधानाध्यापक रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट प्रशिक्षक झाको नेतृत्वमा कक्षा ६ मुनिका क्रिकेट खेलाडीहरू क्रमशः मधुसुहन उपाध्याय ९कक्षा ६०, दिनेश कठायत ९कक्षा ६०, सिरिस बि।के ९कक्षा ६०, जैभान बि।के। ९कक्षा ५०, ध्रुव जोशी ९कक्षा ५०, गोकुल बुढा ९कक्षा ६०, सोम कठायत ९कक्षा ५०, महेश चौधरी ९कक्षा ५०, समिर धामी ९कक्षा ६०, सन्दीप सि।के ९कक्षा ५०, नवराज चौधरी ९कक्षा ५०, सुशील धामी ९कक्षा ६०, फेजल सि।के। ९कक्षा ५० र विनायक चौधरी ९कक्षा ६० सहभागी भएका थिए भने उनीहरूले खेलेका दुवै खेलमा हार व्यहोर्नु परेको थियो ।
प्रशिक्षणको ५ महिना समेत पुरा नभई ग्रासरुट क्रिकेट विकास कार्यक्रमको प्रतिनिधित्व गर्दै बिपिएस किड्स कप २०८१ मा सहभागी सामुदायिक विद्यालयका क्रिकेटरहरू ले आफूहरू लाई नेपालकै पहिलो जुनियर क्रिकेटरहरूको गेममा सहभागी हुने अवसर प्रदान गर्न प्रयत्न गर्ने धनगढी उपमहानगरपालिका, गो ड्रिमर्स, प्रशिक्षक तथा आयोजक डिसीए टिमलाई धन्यवाद ज्ञापन गरेका छन् ।
यस्तै, प्रशिक्षक द्वय क्षेत्री र झा ले पनि आफूहरू को प्रशिक्षण बाट सहभागी खेलाडीहरूले कत्तिको सिकेका छन् भनी परीक्षण गर्न पाएको र अभ्यास गरेको अनुभव लाई खेल मैदानमा कसरी प्रयोग गर्ने भन्ने कुराहरू सिक्ने अवसर मिल्नुका साथै बालबालिकाहरू लाई हौसला मिलेको बताएका छन् ।
भने धनगढी उपमहानगर र गो ड्रिमर्सकाको अन्तर्राष्ट्रियस्तरका खेलाडी क्रिकेटको सहर धनगढीमै उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न यो प्रतियोगिताले ठुलो भूमिका खेलेको विश्वास व्यक्त गर्दै यो पहिलो सहभागिताबाट सुधार गर्नु पर्ने पक्षहरू लाई आत्मसाथ गर्दै आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न मार्गदर्शन भएको समेत बताएका छन् ।

छुटाउनुभयो कि ?