हेल्लो संवाददाता
धनगढी, १४ जेठ । सुदूरपश्चिम नेपालको पहिलो एन।एम।एस।टी स्मार्ट कलेज एसपीए ले सुदूरपश्चिममै पहिलो पटक मल्टी पर्पस स्पोर्टस एरिना निर्माण गरेको छ । कलेजले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पी।यु। फ्लोरिङ टेक्नोलोजी प्रयोग गरी फ्लड लाइट सहितको अत्याधुनिक मल्टी पर्पस स्पोर्टस एरिना निर्माण गरेको हो ।
एसपीए कलेजको नयाँ भवन अगाडी निर्माण गरिएको उक्त स्पोर्टस एरिनामा बास्केटबल, भलिबल, ब्याडमिन्टन, फुटसल, लङ टेनिस, क्रिक्सल आदि खेलहरू खेल्न अनि खेलाउन सकिने कलेजका खेलकुद शिक्षक भागिराम बखरीयाले जानकारी दिए ।
बखरीयाका अनुसार प्रदेशकै पहिलो फ्लड लाइट सुविधा युक्त एडभान्स मल्टी पर्पस स्पोर्टस एरिनामा खेलकुद विकासका लागी एसपिए कलेजले निकट भविष्यमा अन्तर्राष्ट्रिय खेलहरू समेत आयोजना गर्ने योजना बनाएको छ ।
ुयसमा रात्रिकालीन खेल प्रतियोगिताहरू समेत खेलाउन सकिन्छ । मलाई प्रशिक्षण गराउन पनि निकै सहज भएको छ । सहरी क्षेत्रमा ठाउँको अभावले खेलाडीहरू ले अभ्यास गर्न नपाइरहेका अवस्थामा अब यो मल्टी पर्पस ग्राउण्डले विद्यार्थीहरू लाई खेल सँग जोड्न र अभ्यास गर्न थप महत्त्वपूर्ण भूमिका खेल्ने छ । ५० लाख लगानी गरेर कलेज प्रशासनले यो मल्टी पर्पस स्पोर्टस एरिना निर्माण गरिदिएकोमा म कलेज परिवार प्रति आभारी छु ।ु कलेजका खेलकुद शिक्षक बखरीयाले भने ।
यसका साथै एसपीए कलेजले हालै राष्ट्रिय तथा प्रदेश स्तरीय विशेष छात्रवृत्ति २०८१र८२ घोषणा गरेको छ। जस अन्तरगत ४० जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गरिने कलेजले जनाएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू पाइसकेको एसपीए कलेजमा कक्षा ११ मा विज्ञान, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, मानविकी, शिक्षा, कानुन र आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरूले छात्रवृत्तिका लागि २०८१ जेठ ३० गते बेलुका ५ बजेसम्म कलेजको फेसबुक पेज, वइभसाईटमा दिइएको लिङ्कमा गई छात्रवृत्ति सम्बन्धी फाराममा आवश्यक विवरणहरू भरि अथवा एसपीए कलेजमा गई फाराम भरेर पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । भने २०८१ जेठ ३२ गते, शुक्रवार बिहान ८ बजे देखि हुने अन्तर्वार्तामा सहभागी हुनुपर्ने कलेजले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।












