फर्निचर उद्योगबाट अबैध काठ बरामद


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, १४ जेष्ठ २०८१, ०८:५१ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १४ जेठ
कैलालीको एक फर्निचर उद्योगबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का राजमती रानाले सञ्चालन गरेको राम फर्निचर उद्योगमा चेकजाँच गर्ने क्रममा टाँचा नलगाएको अवैध सालको एक थान गोलिया २९ क्युफिट बरामद गरिएको हो ।
प्रहरी चौकी कनरी र सव-डिभिजन वन कार्यालय फुलवारीबाट संयुक्त रुपमा खटिएको टोलीले फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
फेला परेको गोलिया सव डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ । अन्दाजी ४२ हजार मुल्य बराबरको काठको गोलिया रहेको बताइएको छ ।

छुटाउनुभयो कि ?