काठमाण्डौं, २८ वैशाख/
मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त कारबाहीका क्रममा प्रहरीलाई आक्रमण गर्न खोजेपछि दुई राउण्ड गोली चलाएर एक जना कारोबारीलाई पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
उनका अनुसार, घटनामा भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारीय नागरिक भागिरथ हरिजन घाइते भएका छन । एक जना प्रहरी सहायक निरीक्षक पनि सामान्य घाइते भएको थपलियाले बताए । प्रहरीले उनको साथबाट एक सय २८ ग्राम खैरो हेरोइन बरामद गरेको छ । हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।












