धनगढी,१ जेठ । कञ्चनपुरको महेन्द्रनगर बजारस्थीत एक नास्ता पसलमा युवकहरुबीच कुटाकुट भएको छ । हिजो सोमबार राति महेन्द्रनगर बजारमा रहेको सौर्य ममः एण्ड सेकुवा नास्ता पसलमा युवकहरुबीच झगडा भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीका अनुसार झगडामा परी भीमदत्त नगरपालिका–१८ का ओम जोशी घाइते भएका छन् । उनलाई उपचारका लागि भारत लगिएको छ।
घटनापछि झगडामा संलग्न अरु युवकहरु भने भागेका छन् । प्रवक्ता जोशीले उनीहरुकै साथी भनिएकी एक युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।












