डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १ जेष्ठ २०८१, १८:१३ मा प्रकाशित

डोटी, २८ वैशाख। डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

डोटीको शिखर नगरपालिका ७ लाटामान्डौमा रहेको छेडागाडमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर रोल्पाको मध्यपश्चिम नगरपालिका ३ खुमेल घर भएका ३६ वर्षीय दिपेन्द्र घर्ति मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृतक घर्तिमगर हिमाल रोजीन खोटो कम्पनिमा खोटो संकलन कार्यका लागि डोटी पुगेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाकारी दिएको छ।

छुटाउनुभयो कि ?