डडेल्धुरा, ३१ वैशाख
डडेल्धुरामा नुहाउने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ स्थित सिमताल खोलामा नुहाउने क्रममा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सोही ठाउँका इन्द्रबहादुर मल्लको १४ वर्षीय छोरी दिपा मल्ल र नारद सार्कीको १७ वर्षीय छोरी लक्ष्मी सार्कीको मृत्यु भएको हो ।
उनीहरु मृत्यु अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।











