धनगढी, ३१ वैशाख/
प्रहरीले कैलाली र कञ्चनपुरबाट तीन लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–४, बसपार्क र गोदावरी नगरपालिका वडा नम्बर १ धनगढी रोडबाट एक लाख ७८ हजार तीन सय रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो । प्र्रहरीको गस्ती टोलीले गाडीको पाट्र्स, वाटर पम्प, इन्भर्टर लगायतको भन्सार छलीको सामान बरामद गरेको हो ।
यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–१०, जिमुवा जानेबाटो बाट र पुनर्वास नगरपालिका–११, डोकेबजार क्षेत्रबाट एक लाख ४७ हजार चार सय ८० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो । लेडिज सुट, ब्रा, जेन्स टिसर्ट, कपडालगायतको सामान बरामद गरेको हो ।












