कञ्चनपुर, ३१ वैशाख/
कञ्चनपुर प्रहरीले जुवा खालबाट ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको भिमदत्त नगरपालिका–५, बनखेतस्थित शंकरदत्त भट्टले सञ्चालन गर्दै आएको हाईवे फाष्ट फुडबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ६१ ह्जार दुई सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।












