शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा गंगा हुमागाईं नियुक्त


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १२:२६ मा प्रकाशित

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नर्सिङ निर्देशकमा वरिष्ठ नर्स गंगा हुमागाईं नियुक्त हुनुभएको छ। चार दशकभन्दा लामो समयदेखि नर्सिङ सेवामा क्रियाशील हुमागाईं नर्सिङ निर्देशकमा नियुक्त हुनुभएको हो।
हुमागाईंले अस्पतालको नर्सिङ सेवा व्यवस्थापन, बिरामीको हेरचाह तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा थप योगदान गर्ने बताउनुभयो। नयाँ जिम्मेवारी प्राप्त गर्नुभएकी हुमागाईंलाई अस्पतालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। चिकित्सा शास्त्र अध्ययन सस्थानका डिन प्राडा. मोहनराज शर्मा लगायतले हुमागाईंलाई बधाई दिनुभयो ।
प्राडा. शर्माले हुमागाईंको नर्सिङमा क्षेत्रमा लामो अनुभव तथा व्यावसायिक प्रतिबद्धताले अस्पतालको नर्सिङ सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। नर्सिङ सेवा अस्पतालको स्वास्थ्य उपचार प्रणालीको महत्वपूर्ण आधार हो। बिरामीको नियमित हेरचाह, उपचार प्रक्रियामा चिकित्सकसँगको समन्वय, स्वास्थ्यकर्मीको परिचालन तथा बिरामी सुरक्षामा नर्सिङ जनशक्तिको महत्वपूर्ण भूमिका रहन्छ।

छुटाउनुभयो कि ?