स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला छ हजार ५०० रुपियाँ र चाँदी १०५ रुपियाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपियाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ४० रुपियाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपियाँ र चाँदी तीन हजार १४५ रुपियाँमा कारोबार भएको थियो ।











