कैलालीमा स्टील उद्योगको मेसिनमा परेर युवकको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर शनिबार, २३ फाल्गुन २०८२, १५:३१ मा प्रकाशित

धनगढी । कैलालीमा स्टील उद्योगको मेसिनमा परेर युवकको मृत्यु भएको छ । जानकी गाउँपालिका–८ पहाडीपुरस्थित मालिका स्टिल उद्योगमा काम गर्ने २७ वर्षीय जनक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले स्टील उद्योगमा काम गर्ने क्रममा मेसिनमा हात फस्दा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनकाअनुसार चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?