धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का डा. आनन्द बहादुर चन्द २० हजार मतान्तरले विजयी भएका छन् । चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का प्रेमबहादुर आलेले ७ हजार ८७६ मत पाएका छन् । एमालेका यज्ञराज ढुंगानाले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् ।












