धनगढी: सुदूरपश्चिम प्रदेशमा रहेका १३ निर्वाचन क्षेत्रमा मतगणना जारी छ । बझाङ, दार्चुला र बाजुराबाहेक अन्य निर्वाचन क्षेत्रमा प्रारम्भिक नतिजा पनि सार्वजनिक हुँदै आएको छ । मतगणना जारी क्षेत्रमा ८ मा रास्वपा, ३ मा एमाले र २ मा नेकपा उम्मेदवारले अग्रता बनाएका छन् । कैलाली– १, ४ र ५, कञ्चनपुरका ३ वटै क्षेत्र, बैतडी तथा डडेल्धुरामा रास्वपा उम्मेदवारको अग्रता छ । कञ्चनपुर– १ मा रास्वपाका जनकसिंह धामी, २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र महतले सुरुवातदेखि नै आग्रता कायम राखेका छन् । बोहरा जितनजिक छन् । यस्तै, कैलाली– ५ मा रास्वपाका आनन्दबहादुर चन्द, ४ मा खेमराज कोइराला अगाडि छन् । डडेल्धुरामा रास्वपाकै तारा जोशी र बैतडीमा हरिमोहन भण्डारी अगाडि छन् । कैलाली क्षेत्र नम्बर २ मा एमालेका सूर्य थापा र अछाम– २ मा यज्ञ बोगटी अगाडि छन् । अछाम– १ मा नेकपाका भीम रावल र कैलाली– ३ मा वीरमान चौधरीको अग्रता छ ।












