नेपाली म्युजिक भिडियो क्षेत्रले नयाँ अनुहारको स्वागत गरेको छ। हालै मात्र युट्युबमा सार्वजनिक भएको “एउटै मुटु” शीर्षकको गीतमा धनगढी निवासी सागर गौतमले आफ्नो अभिनय यात्रा सुरु गरेका छन्। भिडियोमा सागरसँगै लोकप्रिय टिकटक स्टार तथा मोडल स्मारिका ढकाल र रमेश दियाली पनि देखिएका छन्।
प्रकाश धितालको निर्देशनमा तयार पारिएको यस गीतमा प्रेम, अविश्वास र धोका जस्ता भावनात्मक पक्षहरू प्रस्तुत गरिएको छ। निर्देशक धितालले हालको सामाजिक यथार्थलाई कलात्मक ढंगमा उजागर गर्न खोजिएको बताएका छन्।
गीतमा सुवास घटानीको आवाज रहेको छ भने शब्द अविनाश शंकर र देवेन्द्र नेवाले तयार पारेका हुन्। सम्पादन टेकेन्द्र शाहले गरेका छन्। “एउटै मुटु” सोम गुरुङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।












