‘ओइ कान्छी’ मा टिकटक स्टार लोकेश पालको स्टारडम


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, १५ भाद्र २०८२, १९:१७ मा प्रकाशित

हेल्लो समाचारदाता
धनगढी, १५ भदौ ।
तीसको दशकमै देशमै चर्चामा चुलिएका टिकटक स्टार लोकेश पाल ठकुरी (झोले) यतिखेर देशमै विख्यात छन् । लकडाउनको विषम परिस्थितिलाई भुलाउनको लागि हाँस्य विधालाई आधार बनाएर सामाजिक सञ्जालमा देखापरेका पाललाई दर्शकहरुले उनको झोले प्रस्तुतिलाई निकै मन पराए । माया पाएर हौसिएका लोकेश पालले हाँस्यसँगै ब्यँग्यलाई पनि आफ्नो प्रस्तुतिमा मिश्रण गर्न थालेपछि उनी गाउँ, शहर हुँदै देशमै विख्यात भएका हुन् ।
उनै विख्यात टिकटक स्टार लोकेश पाल ठकुरी (झोले)ले ‘ओइ कान्छी’ बोलको म्युजिक भिडियो बजारमा ल्याएर उनी फेरि पनि चर्चामा चुलिएका छन् ।
सुदूरकी चर्चित देउडा गायिका रेखा जोशीको स्वरमा सजिएको उक्त गीतमा गायक ईश्वर ओझाले साथ दिएका छन् भने गायक ओझाको शब्द र डिल्लिराज जोशीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो ईश्वर ओझा युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो ।
निर्देशक रमेश बिजुली बि.सी.द्वारा निर्देशन गरिएको उक्त भिडियोमा लोकेश पाललाई मन्नु भट्टले अभिनयमा साथ दिएकि छिन् । माला श्री स्टुडियोले एरेञ्ज गरेको गीतको म्युजिक भिडियोको छायांकन दया चौधरीले गरेका हुन् ।
टिकटक स्टार लोकेश पालका अनुसार ‘ओइ कान्छी’ बोलको गीतमा प्रेमील गायन शैली छ, त्यो मनमोहक छ । प्रेमील जोडीको वास्तविकतामा छायांकन गरिएको सो म्यूजिक भिडियोलाई दर्शकहरुले मनग्गे रुचाउनेमा उनी ढुक्क छन् । करिब ६ मिनेट ४५ सेकेण्ड लामो उक्त भिडियोमा टिकटक स्टार पालको स्टारडम मज्जाले देख्न पाइन्छ ।

छुटाउनुभयो कि ?