हरिलाल जोशी
पुनर्वास, २४ असार । कंचनपुरको पुनर्वासमा बाढीमा डुबेर वेपत्ता भएका ३ जना मध्ये २ जना मृत फेला परेका छन् । भने १ बालिका अझै वेपत्ता छन् ।
सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा वेपत्ता हुनेमा पुनर्वास नगरपालिका–५, नयाँ कटानका १५ वर्षिय सृजना बोगटी, १६ वर्षिय आरती बोगटी, १६ वर्षिय लक्ष्मी बोगटी रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
३ जना मध्ये लक्ष्मी र सृजना बोगटीको शव भेटिएको छ । भने वेपत्ता आरतीको भने नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयहरुबाट बोटको सहायतामा खोजी कार्य भईरहेको प्रहरी निरीक्षक भट्टले बताए ।
त्यस्तै, बाढीमै डुबेर कंचनपुरको बेलडाँडीका २३ वर्षिय युवक वेपत्ता र कृष्णपुरमा सात महिने शिशुको मृत्युु भएको छ ।












