टाउन हस्पिटलद्वारा बाढी पीडितको निःशुल्क उपचार गरिने


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, २५ असार २०८१, १५:५६ मा प्रकाशित

हरिलाल जोशी
पुनर्वास, २४ असार । पुनर्वास– आईतबार रातीदेखि आएको बाढीले प्रभावित बनाएको क्षेत्रका स्थानीयको निःशुल्क उपचार हुने भएको छ ।
पुनर्वास नगरपालिका–६, स्थित टाउन हस्पिटल प्रा.लि.ले बाढी प्रभावित क्षेत्रका स्थानीयहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा गरेको हो ।
हस्पिटलका प्रबन्धक पवन पन्तले पुनर्वासको बाढी प्राभावित क्षेत्र सिमरी, रातोताल र दशरथबस्तीका विस्थापित परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्ने जानकारी दिए ।
यस अघि २०७९ को बाढीको प्रभावित क्षेत्रका स्थानीयहरुको समेत निःशुल्क स्वास्थ्य उपचार गरेको बताए ।

छुटाउनुभयो कि ?