नवीन पार्की
पुनर्वास, १६ जेठ/
कञ्चनपुरको बिभिन्न स्थानबाट दुई लाख बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडीबाट दुई लाख बढीको अवैध सामान बुधबार कञ्चनपुर प्रहरीले बरामद गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका– ६ नकैया, पुनर्वास नगरपालिका–६ ‘ङ गाउँ, लालझाडी गाउँपालिका–३ बल्मी र बेलडाँडी गाउँपालिका–५ मसानघाटबाट भारतदेखि भन्सार छलि गरि ल्याएका २ लाख ११ हजार ८ सय ३० बराबरको हार्डवेयर, किराना र बिजुलीका सामान, पेय पदार्थ, सुर्ती, अण्डा, नमकिन, पानी जार, मोटरसाईकल थान–१ लगायतका सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पछिल्लो समय भन्सार छलीमा प्रहरीको निगरानी बढ्दै गएपनि भन्सार छली र चोरी पैठारीमा न्यूनिकरण हुननसकेको स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।












