नाट्टा र पर्यटन पत्रकारको टोली नायलमा


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १५ जेष्ठ २०८१, १९:५३ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, १५ जेठ
नाट्टा सुदूरपश्चिम र नेपाल पर्यटन पत्रकार संघ कैलालीको संयुक्त टोली चार जिल्लाको सीमामा रहेको प्राकृतिक सौन्दर्यताले भरिभराउ चुरे पर्वतमा अवस्थित प्राकृतिक तालको अवलोकन भ्रमण गरेको छ ।
कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराको सीमा क्षेत्रमा रहेको नायल तालको भ्रमण अवलोकन गरेको हो ।
ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण र प्राकृतिक सौन्दर्ययताले भरिभराउ नायल ताल संरक्षणको भने अभाव देखिएको अवलोक भ्रमण टोलीको निस्कर्ष छ ।
सामान्यतया उत्तरदेखि दक्षिण पानी बहन्छ । तर, चारैतिर डाँडाले घेरिएको उक्त तालको पानी भने दक्षिणदेखि उत्तर बगेको छ । झन्डै एक किलोमिटर लम्बाइ भएको ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ ।
गुरुयोजना बनाएर तालको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले चासो दिनुपर्ने नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमबिक्रम सिंहले बताए ।

छुटाउनुभयो कि ?