मोरङ, ८ जेठ
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञानबहादुर मगरलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।












