अत्तरियाबाट लागुऔषधसहित तीन जना पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, ८ जेष्ठ २०८१, २०:०१ मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, ८ जेठ
कैलालीको अत्तरियाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन । गोदावरी नगरपालिका–१, धनगढी रोडबाट तीन जना लागुऔषधसहित पक्राउ परेका हुन ।
मालाखेती प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ मिलन चोकका रोहन घिमिरे, डोटीको दीपायलमा बस्ने ललित नाथ र डोटीको बान्डुसैन बस्ने रोशन खड्का पक्राउ परेका हुन ।
उनीहरुको झोलाको खल्तीमा एक दशमलव १०० ग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । नाइट्रोभेट सात ट्याब्लेट समेत प्रहरीले उनीहरुबाट बरामद गरेको जनाएको छ ।

छुटाउनुभयो कि ?