चरित्र हत्या गरेको भन्दै पूर्व अध्यक्षले दिए वर्तमान अध्यक्षको नाममा किटानी जाहेरी


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ७ जेष्ठ २०८१, १८:२० मा प्रकाशित

हेल्लो संवाददाता
धनगढी, ७ जेठ
धनगढीका एक पूर्व वडा अध्यक्षले आफ्नो चरित्र हत्या गरेको भन्दै वर्तमान अध्यक्षसहित तीन जनाको नाममा किटानी जाहेरी दिएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का पूर्व अध्यक्ष मुरारी अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै वडा अध्यक्ष भुवन रिजाल सहित तीन जनाको नाममा किटानी जाहेरी दिएका हुन ।
केही दिन यता वर्तमान वडा अध्यक्ष भुवन रिजाल, एमाले पार्टीका जिल्ला सदस्यहरु कृष्णकुमार पाण्डेय र सुरज परियारले आफ्ना नाम जोडेर सामाजिक सञ्जालको प्रयोग गर्दैे साबिक फूलबारी वडा नम्बर ५, हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने भूपू सैनिक बस्तीभित्र पर्ने जग्गा बिक्रीमा १२ लाख खाएको आरोप लगाएपछि आफूले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएको बताए ।
‘म वडा अध्यक्ष हुँदा भूपू सैनिक बस्ती भित्र पर्ने सुकुम्बासी आयोगले पूर्जा वितरण गरेको भन्दा बाहेकको ईन्द्रमाया अधिकारी, टेकबहादुर थापा, भानकुमारी थापा मगर, राधाकृष्ण अधिकारी र पूर्णबहादुर काकीले भोगचलन गरेको ऐलानी प्रति जग्गा बिक्री गरे बाफत ६ जनाले दुई÷दुई लाख लिएको सहमति सहित वडा कार्यालयमा निवेदन दिएपछि ती व्यक्तीहरुको नाम किटान सहित सिफारिस दिएको हुँ’ मुरारी अधिकारीले भने, ‘उनीहरुले १२ लाख खाएर अधिकारीले सिफारिस दिएको कुरा वडा कार्यालयमा भएको छलफलमा स्वीकारेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने र गाउँ टोलमा भन्दै हिनेका कारण आफनो चरित्र हत्या गर्ने खालको निकृष्ट कार्य गरेको भन्दै वर्तमान अध्यक्षसहित तीन जनाको नाममा किटानी जाहेरी दिएको हुँ ।’
धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा बस्दै आएका राधा कृष्ण अधिकारीले भूपू सैनिक बस्तीभित्र पर्ने १० कट्ठा ऐलानी जग्गा बि.स. २०४६ सालबाट ६ जना व्यक्तिले भोग चलन गर्दै आएको र पछि सो जग्गा १२ लाखमा बेचेको मुरारी अधिकारीले बताए ।
‘सो रकमबाट ६ जनाले दुई÷दुई लाखका दरले भाग हालेर लगेको साँचो हो’ उनले भने, ‘यसमा मेरो कुनै मिलोमतो छैन ।’ जग्गा बेचेको दुई बर्ष पछि खोलो आएर बगाएको उनले बताए ।

छुटाउनुभयो कि ?