हेल्लो संवाददाता
धनगढी, ७ जेठ
भारतीय सिमानाकासंग जोडिएको कैलालीमा तीन सय ९२ जना लागुऔषधसहित पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ पहिलो सातासम्म लागुऔषध खैरो हेरोइन, चरेश र गाँजासहित तीन सय ९२ जना पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ । जसमध्ये २४ जना महिला रहेका छन् ।
पक्राउ परेका मध्ये दुई सय ७५ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रबहादुर बोहराले बताए । पक्राउ पर्नेमध्ये अधिकांस १५ वर्षदेखि २५ वर्ष उमेरका युवायुवती रहेको प्रहरी नायव उपरीक्षक कवीन्द्रबहादुर बोहराले बताए ।












