प्रतीक्षा जैशी
कैलाली, ७ जेठ
प्रहरीले कैलाली र कञ्चनपुरबाट करिब साढे चार लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
प्रहरीले कैलालीबाट ८८ हजार नौ सय ९४ रुपैयाँ बराबरको भन्सार छलीको सामान र तीन लाख ७९ हजार नौं सय ५० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
कैलाली प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका–२, बैयावेहडी, गोदावरी नगरपालिका–१, पाठक पेट्रोल पम्म पछाडी र भजनी नगरपालिका–८, खैलाडबाट चिनी, बिडी, सुर्ती, साबुन, धानको बिउँ, प्लाष्टिक डोरी, माछा लगायतका भन्सार छलीको सामान बरामद गरेको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्क, पुनर्वास नगरपालिका–११ डोकेबजार, दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरी टोल र बेलडाँडी गाउँपालिकाबाट दाल, मिठाई, सुर्ती, प्लाष्टिक झिल्ली, युरिया मल, ब्रोइलर कुखुरा लगायतका भन्सार छलीको सामान बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।












