कांग्रेस संसदीय दलको बैठक बस्दै


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ७ जेष्ठ २०८१, ०८:३३ मा प्रकाशित

काठमाडौं, ७ जेठ/
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।
संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ ।
आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन ।
गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

छुटाउनुभयो कि ?