कञ्चनपुर, ३ जेठ/
कञ्चनपुरमा तस्कर समूहले प्रहरीमाथि गोली चलाएका छन । जिल्लाको कृष्णपुर नगरपालिका वडा नगर ९ स्थित जानकी सामुदायिक वनमा तस्करले प्रहरीमाथि एक राउन्ड गोली चलाएको कञ्चनपुर प्रहरीले बताएको छ ।
तस्करी नियन्त्रणमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकमा खटिएको प्रहरी टोलीमाथि जंगलमा तस्करहरूको समूहले गोली चलाएको हो ।
तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीमाथि जंगलमा लुकेर बसेका सिकारीको समूहले गोली चलाएको प्रहरीले जनाएको छ । सो क्षेत्रको बाटो हुँदै चोरी तस्करीको सामान भित्र्याउने गरेको प्रहरीले पाएको गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको थियो ।
गोली चलाउनेलाई पक्राउ गर्न प्रहरीले खोजेपनी समात्न भने नसकेको प्रहरीले जनाएको छ । १२÷१३ जनाको समूहमा रहेका तस्कर भाग्न सफल भएको भएपनि उनीहरुको मोटरसाईकल भने नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सिकार गरेको राखेको अवस्थामा चित्तलको चार ४ वटा टाउकोसहित एक सय ५६ किलो मासु र चक्कु लगायतका हतियार बरामद गरेको जनाएको छ ।












