चन्दको हत्या गर्ने भण्डारी पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ३ जेष्ठ २०८१, १३:३८ मा प्रकाशित

प्रतिक्षा जैशी

बेलौरी, ३ जेठ/
कञ्चनपुरको बेलौरीमा एक शिक्षकलाई ढुङ्गाले हानेर हत्या गर्ने युवक पक्राउ परेका छन । बुधबार साँझ बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने पूर्व शिक्षक लक्षी चन्दलाई ढुङ्गाले हानेर हत्या गर्ने ३५ बर्षिया महेश भण्डारी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रदेश प्रहरी कार्यालले कुकुरको सहयोगमा भण्डारीलाई पक्राउ गर्न सफल भएको हो ।
भण्डारी बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ४ घर भई हाल आफन्तको घर बेलौरी नगरपालिका वडा नम्बर ६ बस्दै आएका थिए ।
ढुङ्गा प्रहारबाट घाइते चन्दको उपचारको क्रममा मृत्यु भएको थियो । बेलुका घर फर्कने क्रममा भण्डारीले चन्दलाई ढुङ्गा प्रहार गरेका थिए । भण्डारीले गरेको ढुङ्गा प्रहारपछि घाइते भएका चन्दलाई प्रहरीले उपचारका लागि बेलौरी पुगाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका उनलाई धनगढी रिफर गरिएको थियो ।
ढुङ्गा प्रहारबाट भण्डारीको मुख र टाउँकोमा गम्भीर चोट लागेको थियो । ‘खबर पाए लगत्तै हामी तुरुन्त घटनास्थल पुगेका थियौं’ प्रहरी निरीक्षक जैशीले भने, ‘गम्भीर घाइतेलाई उपचारका लागि बेलौरी पुगाएका थियौं । त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । उहाँको धनगढीमा निधन भएको हो ।’
बजार देखि घर जांदै गरेका चन्दलाई बाटोमा रोकेर ढुङ्गा प्रहार भएको थियो ।

छुटाउनुभयो कि ?